थाइल्याण्डको गुफामा फसेका फुटबल प्रशिक्षकसहित सबै बालकको सकुशल उद्धार

 असार २६, २०७५ मंगलबार १७:५६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

गुफामा फसेका १२ जना ११ वर्षदेखि १६ वर्षका फुटबल खेलाडीसहित एक फुटबल प्रशिक्षकको उद्धार गरिएको छ ।

गएको जुन २३ गतेदेखि १ फुटबल प्रशिक्षकसहित १२ जना गुफामा फसेका थिए । गुफाबाट गएको आइतबार चार, सोमबार चार र मंगलबार पाँच जनाको उद्धार गरिएको हो । फुटबल कोचसहित १२ जना बालकलाई गुफाबाट टोलीले सकुसल उद्धार गरेको हो ।

गुफामा फसेका सबैकाे उद्धार गर्न १८ दिन लागेकाे हाे । उनीहरुलार्इ निगरानीका लागि अस्पतालमा सातदिनसम्म राखिने थाइ अधिकारीहरुले जनाएका छन् । संक्रमण नफैलियाेस भनेर उनीहरुलार्इ अलग–अलग राखिएकाे छ । एक हप्ता अस्पताल बस्नुपर्ने कारण उनीहरु विश्यकप फुटबलमा सहभागी हुने सम्भावना न्यून रहेकाे छ ।

उद्धार कार्यमा विभिन्न देशका उद्धार टोलीको सहभागिता रहेको थियो । गुफामा चारजना उद्धारकर्ताहरु रहेको र उनीहरु पनि निस्कने क्रममा रहेको बीबीसीले जनाएको छ । 

बेपत्ता भएको नौ दिनपछि मात्रै गोताखोरहरुले बालक र प्रशिक्षक सुरक्षित भएको पत्ता लगाएका थिए । उद्धारकर्ताहरुले उनीहरुसँग गरेको कुराकानीको भिडियो नै सार्वजनिक गरेका थिए ।

१८ दिनसम्म लगाएर गुफामा फसेका सबैको सकुशल उद्धार गरेको भन्दै विश्वका नेताहरुले उद्धारकर्ताहरुको प्रशंसा गरेका छन् । बेलायतकी प्रधानमन्त्री टरिजा मे ले सफलतापूर्वक उद्धार सम्पन्न भएका भन्दै उद्धारकर्ताहरुको प्रशंसा गर्नुभएको छ ।

 

याे पनि पढ्नुहाेस् 

यसरी भयो गुफामा फसेका ४ जनाको उद्धार

थाइल्याण्डको गुफामा फसेकामध्ये दुई जनाकाे सकुशल उद्धार

गुफामा फसेका थाइल्याण्डका बालकहरुलाई विश्वकपको फाइनल हेर्न फिफा अध्यक्षको निम्तो

थाइल्याण्ड : गुफामा फसेकाको उद्धारमा खटिएका एक पूर्व सैनिकको मृत्यु

नौ दिनदेखि गुफाभित्र फसेको थाई फुटबल टोली सकुशल भेटियो, बाहिर निकाल्न बाँकी

थाइल्याण्ड :  गुफामा फसेका १२ बालक र फुटबल प्रशिक्षकलाई बाहिर निकाल्न ‘महिना लाग्न सक्छ’

थाइल्याण्डको गुफामा फसेका बालकहरुको पत्र : चिन्ता नगर्नुहोस्, हामी बहादुर छौँ

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया