दाङका उज्यालो सहकर्मी शर्मा सम्मानित

 साउन २५, २०७६ शनिबार १२:५५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - डिभिजन वन कार्यालय दाङले वन तथा वातावरणको विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै दाङका उज्यालो सहकर्मी हेमराज शर्मालाई सम्मान गरेको छ ।

चौथो सामुदायिक वन दिवसका अवसरम शनिबार घोराहीमा भएको कार्यक्रममा डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले सम्मान पत्रले उज्यालो सहकर्मी शर्मालाई सम्मान गर्नु भएको थियो ।

नदी उकास, सार्वजनिक र निजी जग्गामा बृहत्तर वृक्षारोपण गर्ने अभियान अन्तर्गत नदी उकास जग्गामा वृक्षारोपण, सडक किनार रोपण र नीति वन विस्तारमा आमसञ्चार माध्यमबाट जनचेतना जगाउन र प्रचारप्रसार महत्पूर्ण योगदान गरेको भन्दै सम्मान गरिएको हो ।

डिभिजन वन कार्यालयले गएकाे आर्थिक वर्षमा निजी वनका उत्कृष्ट मणिभद्र गौतम, बिजुलीदेवी बिक र मालती नेपाली, निजी वन विस्तारमा बिरुवा वितरण र स्थलगत सहजीकरण गर्ने प्रतिभा तिमल्सिना र कुसुम गौत लगायतकालाई पुरस्कार एंव सम्मान पनि गरेको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया