कोदोबालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुँदै
चैत १६, २०८० शुक्रबार
बेल्जियमको चिडियाखानामा रहेको एउटा पाण्डाले जुम्ल्याहा सन्तान जन्माएको छ ।
बेल्जियमको पाइरी डाइजा चिडियाखानमा रहेको हाओ हाओ नाम गरेको पाण्डाले एउटा भाले र एउटा पोथी बच्चा जन्माएको बीबीसीले जनाएको हो । पाण्डाले जुम्ल्याहा सन्तान जन्माउनु अति दुर्लभ मान्ने गरिएको छ ।
— ABC News (@ABC) August 10, 2019
चिडियाखानाका संस्थापक तथा अध्यक्ष एरिक डुम्बले जुम्ल्याहा पाण्डा जन्मनु अति नै उत्साहको कुरा रहेको बताउनुभएको छ । विश्व वन्यजन्तु कोषका अनुसार अहिले विश्वमा प्राकृतिक रुपमा दुई हजार भन्दा कम पाण्डा रहेका छन् ।
सन् २०१६ मा पाण्डालाई खतराको सूचीबाट संकटापन्न जीवको सूचीमा राखिएको थियो ।
सबै तस्बिर - बीबीसीबाट