प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
कैलाली - दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर-३, तिमुरपाटाबाट चरी बाघको छालासहित सशस्त्र प्रहरीका एक जवान पक्राउ परेका छन् ।
शुक्रबार राति नियमित गस्तीमा खटेको प्रहरी टोलीले दुहुँगाउँपालिका–२ हिकिलाबाट खलंगा ल्याउँदै गरेको चरी बाघको छालासहित प्रहरी जवान दिपक सिंह बडाललाई पक्राउ गरेको हो ।
बडालको साथबाट झोलाभित्र लुकाएर ल्याउँदै गरेको ३९ इञ्च लम्बाइ र १० इञ्च चौडाइ भएको चरी बाघको छाला फेला पारिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रविन्द्र कठायतले जानकारी दिनुभयो ।
पक्राउ परेका बडाल सशस्त्र प्रहरी सुरक्षा गुल्म नम्बर ५० दार्चुलामा जवान पदमा कार्यरत छन् ।
सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।