कोही जेल गए, कोहीले बाध्य भएर गीत गाए : सन्यासपछि के गर्दैछन् क्रिकेटर ?

 साउन २५, २०७६ शनिबार १७:०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

क्रिकेट यस्तो खेल हो, जहाँ भाग्यले पनि अलिकति साथ दियो भने कसैलाई रातारात स्टार बनाइदिन्छ । 

कहिलेकाहीँ भाग्यले साथ नदिँदा कुनै क्रिकेटरको जिन्दगी नै किनारा लाग्न सक्छ । यस्तो अवस्थामा क्रिकेटरहरु बाध्य भएर सन्यासको संघारमा पुग्छन् र सधैँका लागि क्रिकेटलाई बिदा गर्न पुग्छन् । 

सन्यासपछि विश्वका केही क्रिकेटर जेल गए त केहीले गीत गाए । आज हामी सन्यास लिएका ५ जना धुरन्धर क्रिकेटरका बारेमा चर्चा गर्दैछौँ । सन्यासपछि उनीहरु के गर्दैछन् त ? 

हेनरी ओलंगा    

कुनै समय जिम्बाब्वे क्रिकेटको पोस्टर ब्वाय हेनरी ओलंगाले क्रिकेटबाट सन्यास लिएको १५ वर्षभन्दा बढी भैसक्यो । जिम्बाब्वेका लागि ३० टेस्ट र ५० एक दिवसीय क्रिकेट खेलेका ओलंगाले तानाशाहको विरोधमा आवाज उठाउँदा देश नै छोड्न परेको थियो । 

सन् १९९९ को विश्वकपमा भारतविरुद्धको खेलमा ओलंगाले ५ बलभित्रमा ३ विकेट लिँदै भारतको मुखबाट खेल खोसेका थिए । देशमा मानवअधिकारको हनन विरुद्ध आवाज उठाउँदा उनले देश नै छोड्न परेको थियो । 

उनलाई गीत गाउने पनि निकै रुचि थियो । यस समय उनी विभिन्न स्टेज शो गरिरहेको अवस्थामा देखिन्छन् । 

मखाया एन्टिनी    

दक्षिण अफ्रिकाका खतरनाक बलरमध्ये एक हुन्, मखाया एन्टिनी । उनको क्रिकेट करियर पनि सानदार थियो । 

तर सन् १९९९ मा उनीमाथि एक किशोरीको बलात्कार गरेको आरोप लागेको थियो । जसका कारण उनीमाथि ६ वर्षको जेल सजाय तोकिएको थियो र निकै लामो समयपछि वकिलको मद्दतमा बाहिर निस्किएका थिए ।

मखायाले दक्षिण अफ्रिकाका लागि १०१ टेस्ट, १७३ एक दिवसीय र १० टी–२० खेलेका छन् । 

क्रिस केर्न्स   

न्यूजिल्याण्डका एक उत्कृष्ट खेलाडीमध्येका एक क्रिस केर्न्सले पनि सन्यासपछि निकै मुश्किल अवस्थाको सामना गर्नुपरेको थियो । 

सञ्चारमाध्यमको रिपोर्टलाई मान्ने हो भने उनले गाडी धुनेका साथै ट्रक चलाएर गुजारा गरेको थिए । उनले न्यूजिल्याण्डका लागि ६२ टेस्ट, २१५ एक दिवसीय र २ टी–२० खेलेका छन् । 

सचिन तेन्दुलकर     

‘क्रिकेटका भगवान’ मानिने भारतीय टिमका पूर्व खेलाडी सचिन तेन्दुलकरले भारतीय क्रिकेटका लागि अहम् योगदान दिएका छन् । 

'मास्टर ब्लास्टर' का रुपमा पनि चिनिने सचिन सांसद बन्दै राज्यसभा पुग्ने पहिलो सक्रिय खेलाडी र क्रिकेटर बने । निकै लामो समयको पर्खाइपछि उनले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो सयौँ शतक पूरा गरेका थिए । 

सचिनले सन् २०१२ मा एकदिवसीय क्रिकेट र सन् २०१२ मा टेस्ट क्रिकेटबाट सधैँका लागि बिदा लिएका थिए । उनी अहिले कमेन्ट्री गरिरहेका छन् । 

जावेद मियाँदाद   

मियाँदाद पाकिस्तानको महान खेलाडीमध्ये एक हुन् । उनले ६ विश्वकप प्रतियोगितामा पाकिस्तानको प्रतिनिधित्व गरेका छन् । 

यस बाहेक उनले आफ्नो प्रदर्शनबाट पाकिस्तानी टिममा योगदान दिएका छन् । उनले १२४ टेस्टमा ८८३२ रन बनाएका छन् । त्यस्तै २३१ एक दिवसीय क्रिकेटमा ७३८१ रन बनाएका छन् । 

मियाँदादले सन् १९९६ को विश्वकपअघि नै सन्यास लिएका थिए तर तत्कालीन प्रधानमन्त्री बेनजीर भुट्टोको आग्रहमा १० दिनपछि पुनः फिर्ता लिएका थिए ।   

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया