अशोकबारे राखिएका युट्यूब टाइटलले टंकलाई तनाव

 असार २६, २०७५ मंगलबार १८:५२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकी पछिल्लो समय अशोक दर्जीका कारण चर्चामा आए ।

बिहान बेलुकाको छाक टार्न समेत गाह्रो परिरहेको एक बालकलाई टंकले सहज जीवन शैली दिने प्रयास गरे । राम्रो गाउन सक्ने तर पहुँच नभएका कारण ठाउँमा पुग्न नसकेका अशोकलाई उनले गाउँबाट काठमाडौं ल्याए र एकाएक गायक बनाइदिए ।

काठमाडौं आएर एउटा गीत सार्वजनिक गर्ने वित्तिकै अशोकलाई स्टेज कार्यक्रमहरुमा भ्याई नभ्याई भएको छ । यो सबै टंक बुढाथोकीको सहयोगले सम्भव भएको हो । साथै टंकले अशोकको शिक्षाको पनि ख्याल गर्दै विद्यालयमा भर्ना समेत गरिदिएका छन् ।

तर उनले गरेका यी सबै कामले उनी पछिल्लो समय आलोचनाको सिकार भएका छन् । अशोकलाई सहयोग गर्दा उनी स्वंयमलाई भने तनाव सिर्जना भएको छ । सामाजिक सञ्जालमा उनका बारेमा नकारात्मक टिकाटिप्पणीहरु भइरहेका छन् । धेरैले उनले यो काम आफ्नो स्वार्थको लागि गरिरहेको आरोप पनि लगाएका छन् । 

अशोक काठमाडौं आएदेखि नै टंकले अशोकका हरेक पलहरु युट्यूबमा भिडियो बनाएर सेयर गर्ने गरेका कारण टंकलाई धेरैले पैसाको लागि अशोकलाई प्रयोग गरेको आरोप समेत लगाएका छन् । यहि कारण टंक पछिल्ला केही दिनहरुमा बढी ट्रोल भइरहेका छन् । आफ्नो कामलाई आलोचना गरेको र ट्रोल बनाएको  कुराले टंकलाई तनाव भएको छ । उनले सामाजिक सञ्जाल मार्फत नै यस्ता कुराहरुले आफूलाई अशोकको लागि अझ राम्रा कामहरु गर्न समस्या भइरहेको बताएका छन् ।

हालै मात्र सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले आफूलाई यस्ता टिप्पणीले अशोकका लागि अझ राम्रा कामहरु गर्न कठिन भइरहेको र यस्ता भ्रमक कुराहरु नगर्न सबैलाई अनुरोध पनि गरेका छन् ।

विशेष गरी उनले भ्रम फैलाउने खालका युट्यूबका टाइटलहरुसँगै आफ्नो बारेमा भएका विभिन्न नकारात्मक ट्रोलहरु प्रति आपत्ति पनि जनाएका छन् । उनले आफूले अशोकका लागि गरेका कामहरु कसैलाई चित्त नबुझेको भए सोझै सकारात्मक प्रतिकृया दिन आग्रह गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

7 Comments

  • SAJAN PAUDEL

    July 12, 2018, 11:54 a.m.

    राम्रो काम गर्नेको त कुरा हुन्छ ..तपाइंको विरोधीले गरेको क्रियाकलाप तपाईंका लागि मोटिभेसन बनोस , शुभकामना ! keep it up.

  •  0 Reply
  • asha kharel

    July 12, 2018, 10:40 a.m.

    उत्कृष्ट कार्य गरेर सबैको मन जित्न सफल हुनु भएको छ । अरुको कुरातिर बढी ध्यान दिनु भयो भने कहिल्यै अगाडि बढ्न सक्नु हुन्न टङक दाइ सबै कुरा छोडेर आफ्नो कामलाई जोड दिनु उत्तम हुनेछ ।

  •  0 Reply
  • सुदर्शन मगर

    July 11, 2018, 4:47 p.m.

    हाथी चले बजार कुत्ता भौके हजार ।टंकजि राम्रो काम गर्दा बाधा आउछन् दुख नमान्नुस ।

  •  0 Reply
  • Madhu may lansal

    July 11, 2018, 2:40 p.m.

    Dai you're mind also good very good kam you do it ok .dada narrow mind also .....? Narrow ok good luck you an me why because ours country is nepal.

  •  0 Reply
  • यादब सापकोटा

    July 11, 2018, 5:10 a.m.

    Tanka g le j garnu bhayo ramro garnu bhayo yauta manxa ko zindagi ta banaidinu bhayo pat polne ko poli rahos

  •  0 Reply
  • सुरेश कुँवर

    July 11, 2018, 3:39 a.m.

    Ramro kam garne lai khuttaa tanne dherai hunxann tar aaphano kam xodnu hudainn Tank daju

  •  0 Reply
  • सुर्य रिजाल

    July 10, 2018, 8:25 p.m.

    यो त यहाँ को चलन नै छ ।कि कसैले राम्रो काम गर्दै छ भने त्यस्को खुट्टा तानी हाल्ने ।ट्ङ्क सर ले जो गर्नु भको छ ।राम्रो गर्नु भको छ उहाँ ले अशोक भाइ को लागि गर्नु भको छ। हामी सबै दर्श्क नेपाली हरु ले हेरि रहेका छौ ।कु दिर्श्टी भएको मान्छे हरु ले मात्र त्यस्तो कुरा गर्द्छ्न ।

  •  0 Reply

तपाईको प्रतिक्रिया