सुषमा स्वराजकाे सम्झनामा भुटानका राजाबाट हजार दीप प्रज्जवलन

 साउन २५, २०७६ शनिबार २०:२१:२२ | एजेन्सी
unn.prixa.net

भुटानका राजा जिग्मे खेसर नमग्याल वाङ्चुकले भारतीय पूर्व विदेश मन्त्री सुषमा स्वराजलाई श्रद्धाञ्जली दिँदै हजार दियो बालेर प्रार्थना गर्नुभएकाे छ । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार पूर्व विदेश मन्त्री स्वराजको लागि विशेष प्रार्थनाको आयोजना गर्दै सिम्टोखा दम्गोजमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । 

भुटान ब्रोगकास्टिंङ सर्भिसको रिपोर्टका अनुसार वाङ्चुकले स्वराजको परिवारलाई शोक सन्देश पनि पठाउनु भएकाे छ । सन् २०१४ देखि २०१९ सम्म विदेश मन्त्री रहेकी सुषमा स्वराजको गएको मंगलबार निधन भएको थियो । 

६७ वर्षको उमेरमा स्वरागको हृदयाघातका कारण निधन भएको थियो । उहाँको राजकीय सम्मानका साथ अन्तिम बिदाइ गरिएको थियो ।   

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया