पहिरोको जोखिममा रहेका सुर्नयाका ५ परिवारलाई सुरक्षित ठाउँमा सारियो

 साउन २६, २०७६ आइतबार ११:४८:२५ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर–८, मल्लोढोलेका पहिरो प्रभावित परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ ।

सडकबाट पहिरो खसेपछि ५ परिवारलाई  छिमेकीको घरमा सारिएको सुर्नया गाँउपालिका वडा नम्बर ८ का वडा अध्यक्ष आनन्दसिंह बोहराले जानकारी दिनुभयो । 

सुर्नया–६ को शंकरपुर प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुको सहयोगमा प्रभावित परिवारलाई सुरक्षित ठाउँमा सारिएको उहाँले बताउनुभयो । अम्मरसिंह बोहरा, लालबहादुर बोहरा, डम्मर बोहरा, रामसिंह बोहरा र धौलसिंह बोहराको परिवारलाई सुरक्षित स्थानमा सारिएको उहाँले जानकारी दिनुभयो ।

सतबाँझ–श्रीभावर सडकखण्डअन्तर्गत ढोल्यामोडबाट वडा कार्यालयसम्म काटिएको सडकमा पहिरो खस्दा २३ परिवार जोखिममा रहेका वडा अध्यक्ष बोहराले जानकारी दिनुभयो । भिरालो जमिन भएकाले सडकमा खनिएको माटो र पहिरोका कारण बस्तीमा समस्या निम्त्याएको उहाँको भनाइ छ ।

पानी पर्नेबित्तिकै फेरि क्षति पुग्ने हो कि भनेर स्थानीय बासिन्दा चिन्तित बनेका प्रेमबहादुर बोहराले जानकारी दिनुभयो । पहिरोले स्थानीयहरुको खेतबारीमा नोक्सानी पुर्याएको उहाँले बताउनुभयो । पहरीले खानेपानीको मुहान र खानेपानीको पाइपसमेत पुर्‍याएकाले खानेपानीको समेत अभाव भएको स्थानीयहरुले बताएका छन् ।

अन्तिम अपडेट: चैत १६, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया