कश्मीरको फैसलालाई लिएर रजनीकान्तले भने-प्रधानमन्त्री मोदी र शाहको जोडी 'कृष्ण-अर्जुन' जस्तो

 साउन २६, २०७६ आइतबार १८:३४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

दक्षिण भारतीय चलचित्रका सुपरस्टार रजनीकान्तले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई जम्मू कश्मीरको धारा ३७० हटाएकोमा बधाई दिएका छन् । 

रजनीकान्तले जम्मू कश्मीरको धारा ३७० हटाउनु सरकारको राम्रो फैसला भएको बताएका छन् । यसका लागि उनले प्रधानमन्त्री मोदी र गृहमन्त्री शाहलाई बधाई दिएका हुन् । 

यतिमात्र नभइ रजनीकान्तले मोदी र शाहको जोडीलाई कृष्ण र अर्जुनको जोडीसँग तुलना गरेका छन् । उनले संसदमा गृहमन्त्री शाहको भाषण निकै सुन्दर रहेको बताएका छन् । रजनीकान्तले चेन्नईमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा यस्तो बताएका हुन् । 

गएको सोमबार केन्द्र सरिकारले जम्मू कश्मीरलाई विशेष राज्यको दर्जा दिने धारा ३७० को प्रावधानलाई खारेज गर्ने फैसला गरेको थियो । जम्मू कश्मीरमा धारा ३७० हटाइएपछि धेरैले सरकारको फैसलाको स्वागत गरेका थिए । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया