भोजपुर बस दुर्घटना: घाइते ३ जनालाई धरान लगियो

 साउन २६, २०७६ आइतबार १७:३७:१६ | बुद्ध तामाङ
unn.prixa.net

फाइल फोटो

भोजपुर– बस दुर्घटनामा परेर घाइते भएका तीन जनालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका झापा हल्दीबारी गाउँपालिका–५ का ३० वर्षीय सहचालक अर्जुन लिम्बु, मोरङ रतुवामाई नगरपालिका–७ की २१ वर्षीया सविना गौतम भट्टराई र भोजपुर नगरपालिका– ९ की २४ वर्षीय मनिषा श्रेष्ठलाई थप उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

बाँकी पाँच जनाको भने जिल्ला अस्पताल भोजपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालमा भोजपुर नगरपालिका–३ की २२ वर्षीया संगिता प्रधान, १७ वर्षीया अस्मिता श्रेष्ठ, ३१ वर्षीय गोविन्द प्रधान र ११ वर्षीय बालक विवेक श्रेष्ठको उपचार भैरहेको प्रहरीले जनाएको छ ।

आइतबार बिहान भोजपुरको अन्नपूर्णबाट विराटनगरको लागि छुटेको मे १ ख ३१६४ नम्बरको बस  मध्यपहाडी लोकमार्ग अन्तरगत गुप्तेश्वर र सिद्धेश्वरको सिमानामा पर्ने चप्पिरे खोलानजिकै घुम्ती काट्ने क्रममा बस भित्तामा ठोक्किँदा अनियन्त्रित भएर पल्टिएको थियो । 

 

बसमा रहेका १२ जनामध्ये १० जना घाइते भएका थिए । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया