कल बाइपासमा संलग्न १ सय ६८ जना पक्राउ

 साउन २६, २०७६ आइतबार १८:२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले अहिलेसम्म अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न १ सय ६८ जनालाई पक्राउ गरेको छ ।

९ बर्षमा १ सय १० ठाउँबाट १ सय ६८ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा १ सय ३१ जना नेपाली र ३७ जना विदेशी रहेका छन् । सीआइबीले उनीहरुविरुद्ध १२ अर्ब, १२ करोड, ५० लाख ९ हजार ३ सय ६८ रुपैयाँ बिगो मागदावी सहित सम्बन्धित जिल्ला अदालतमा मुद्धा दायर गरेको छ ।

उनीहरुको साथबाट २३ हजार २ सय ६३ थान सिमकार्ड सहित विभिन्न उपकरण समेत बरामद भएका सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया