ग्लोबल टी-२० लिग खेलेर फर्किए सन्दीप

 साउन २७, २०७६ सोमबार १४:५४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - क्यानडाकाे ग्लोबल टी-२० लिग खेलेर नेपाली बलर सन्दीप लामिछाने स्वदेश फिर्ता भएका छन् । उनी साेमबार बिहान काठमाण्डौ आइपुगेका हुन् ।

टोरन्टो नेशनलमा आवद्ध सन्दीपले सुरुका खेलहरु भने गुमाएका थिए । यो प्रतियोगितामा नेपालबाट सन्दीपसँगै अर्का खेलाडी सोमपाल कामीले पनि सहभागिता जनाएका थिए ।

सन्दीपको टिम एलिमिनेटर राउण्डबाटै आउट भए पनि सोमपालको टिम विनिपेग हग्सले भने उपाधि नै जितेको छ । उपाधि जिते पनि सोमपालले भने एक खेलमा मात्रै मौका पाए । जसमा उनको प्रदर्शनले प्रभाव भने जमाउन सकेन ।

सन्दीपले चार खेलमा ५ विकेट लिन सफल भएका थिए । पहिलो खेलमा ब्राम्टन वुल्भ्सविरुद्ध १ विकेट लिँदा ४४ रन खर्चिएका सन्दीपले दोस्रो खेलमा मोन्ट्रियल टाइगर्सविरुद्ध २८ रन दिएर १ विकेट लिए । तेस्रो खेलमा पनि सन्दीपले एक विकेट हात पारेका थिए । तेस्रो खेलमा प्लेअफमा पनि मोन्ट्रियल टाइगर्ससँग भेट भएको थियो । त्यसमा उनले २५ रन दिएर १ विकेट लिए ।

इलिमिनेटर राउण्डमा उनको टिमले सोमपाल कामी आवद्ध विनिपेगसँग खेलेको थियो । जसमा सन्दीपले २ विकेट लिए पनि पानी परेपछि डीएल मेथडका आधारमा २ रनले पराजित भएपछि फाइनल पुग्न असफल भयो ।

चार खेलमा पाँच विकेट लिएका सन्दीपले प्रतियोगिताबाट धेरै कुराहरु सिकेको बताएका छन् । सन्दीप फर्किए पनि उपाधि जितेको टिमका सदस्य सोमपाल भने बिहीबारसम्म काठमाण्डौ आइपुग्ने जनाइएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया