प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै विद्यार्थीसँग १० हजार घुस लिने शिक्षक पक्राउ

 साउन २७, २०७६ सोमबार १७:८:३० | हेमराज शर्मा
unn.prixa.net

दाङ – अख्तियार अनुसन्धान आयोगको टोलीले दाङका एक जना शिक्षकलाई १० हजार घुससहित पक्राउ परेका छन् । 

घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको रझेनामा उच्च मावि राहत दरबन्दीमा कार्यरत शिक्षक गणेश केसीलाई आयोगको नेपालगञ्जको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।

विद्यालयमा सञ्चालन भएको सिभिल इञ्जिनियरिङ्गको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै एक जना विद्यार्थीबाट १० हजार रुपैयाँ लिइरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो । 

रुकुमको सिन्ने स्थायी घर भएका शिक्षक केसी रुकुमकै एक विद्यार्थीसँग घोराहीको एक होटलमा बसेर पैसा लिइरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

अन्तिम अपडेट: फागुन २८, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया