नेपाल टेलिकमकाे राेमिङ शुल्कमा भारी कटाैती, ३० हजारबाट घटाएर १० हजार कायम

 साउन २७, २०७६ सोमबार १७:४८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल टेलिकमले जीएसएम पोस्ट–पेड माेबाइलमा रोमिङ सुविधा उपलब्ध गराउँदा राखिने न्यूनतम धरौटी शुल्कमा भारी कटौती गरेको छ । 

टेलिकमले न्यूनतम धरौटी शुल्क ३० हजार रुपैयाँबाट घटाएर १० हजार रुपैयाँ कायम गरेको छ । साथै टेलिकमका जीएसएम प्रिपेड माेबाइल सेवा प्रयोगकर्ताले थप धरौटी नराखी रोमिङ सेवा प्रयोग गर्न सक्नेछन् ।  

रोमिङ सुविधा लिएपछि नेपाल टेलिकमका जीएसएम माेबाइल प्रयोगकर्ताले विभिन्न देशमा जाँदा नेपाल लगायत विश्वभरि फोन गर्न, आएको फोन उठाउन, सन्देश पठाउन तथा प्राप्त गर्न सक्नेछन् । यसका साथै स्थानीय माेबाइल अपरेटरका नम्बरमा पनि कुरा गर्न र सन्देश आदानप्रदान गर्न सकिन्छ । 

प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा लिनका लागि *1415# डायल गर्नुपर्दछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यससम्बन्धी सेवा लिन सकिने टेलिकमले जनाएको छ । त्यस्तै पोष्टपेड माेबाइलमा सुविधा लिनका लागि कम्पनीको नजिकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्दछ । 

त्यसैगरी कम्पनीको वेवसाइट www.ntc.net.np/pages/view/roaming मार्फत यससम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ ।  

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया