सांसद हसिना खानद्वारा शपथ ग्रहण
बैशाख ७, २०८१ शुक्रबार
रुकुम पश्चिम - एक युवतीलाई जबरजस्ती विष खुवाएको आरोपमा प्रहरीले आठबीसकोट नगरपालिकाका नायब पशु सेवा प्राविधिक सहायक विष्णु खड्कालाई नियन्त्रणमा लिएको छ ।
आठबीसकोट–४ कि २४ वर्षीया युवतीलाई खड्काले जबरजस्ती विष खुवाएको प्रहरीले जनाएको छ । मौखिक उजुरीका आधारमा खड्कालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । खड्कालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय आठबीसकोटका इन्चार्ज प्रहरी निरीक्षक अच्युतराज आचार्यले बताउनुभयो ।
आइतबार विष खुवाइएपछि सिकिस्त भएकी युवतीलाई आठबीसकोट नगर अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि चौरजहारी अस्पताल पुर्याइएको थियो ।
युवतीको होस खुलेपछि आफूलाई खड्काले जबरजस्ती विष खुवाएको आरोप लगाएकी छन् । त्यही आधारमा खड्कालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पीडित आएपछि घटनाको विषयमा थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।