अमेरिकाकाे भिसा र ग्रीन कार्ड लिन अब अझै गाह्राे हुने: ट्रम्प प्रशासनले ल्यायाे कडा नियम

 साउन २८, २०७६ मंगलबार ६:३६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरिकाले आप्रवासीको भिसा अवधि बढाउने र ग्रीन कार्ड लिने  प्रक्रियामा कडाइ गरेको छ ।

आप्रवासीका मामलामा सुरुदेखि नै कठाेर बन्दै आएकाे ट्रम्प प्रशासनले नयाँ ग्रीन कार्ड लिने र अस्थायी प्रवेश अनुमतिका लागि आवेदन दिने आप्रवासीलाई कडाइ गर्ने निर्णय गरेकाे हाे । यसबाट अमेरिकामै एक बर्षभन्दा बढी बस्न चाहने र सरकारी सुविधा पाउने आप्रवासी प्रभावित भएका बीबीसीले जनाएको छ ।

ट्रम्प प्रशासनले नयाँ नियम घोषणा गर्दै अब ग्रीनकार्डका लागि फारम भरेकाहरुको आवेदन पनि अस्वीकार गरेको छ । भविष्यमा यसको आवश्यकता परेमा मात्रै ग्रीन कार्ड लागि फारम भरेकाको आवेदनलाई अनुमति दिइने ह्वाइट हाउसले जनाएको छ । राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकको हित र देशको सुरक्षाका लागि आप्रवासीलाई कडाइ गरिएको बताउनु भएको छ ।

अमेरिकी नागरिकता तथा आप्रवासी सेवा विभागका कार्यवाहक निर्देशक केन कुच्चिनेलीले ग्रीनकार्डका लागि आवेदन दिएका आप्रवासीहरुको आर्थिक अवस्था, शिक्षा, उमेर र अङ्ग्रेजी भाषाको ज्ञानका आधारमा निर्णय लिइने बताउनुभयो । यो नियम आउँदो महिनाको अक्टाेबर १५ ताखिरबाट लागू हुनेछ ।

यस नियमले यसअघि नै अमेरिकामा रहेका र शरणार्थी शिविरमा बसेका आप्रवासीलाईभन्दा नयाँ अमेरिकी भिसा र ग्रीन कार्ड लिने चाहेका व्यक्तिलाई असर गर्ने बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया