कतारमा समुद्रमा डुबेर एक नेपालीकाे ज्यान गयाे

 साउन २८, २०७६ मंगलबार ८:४२:५९ | उज्यालो सहकर्मी

महेश्वर नेपाल, कतार ।

कतार - वैदेशिक रोजगारीका क्रममा विगत १३ वर्षदेखि कतारमा कार्यरत साँगुरीगढी गाउँपालिका–३, धनकुटाका ललितबहादुर लिम्बूको आइतबार दिउँसो पौडी खेल्ने क्रममा समुद्रको छालमा परेर ज्यान गएको छ । 

बकर इदको बिदा मनाउन अलखोरको समुन्द्रमा पौडी खेल्ने क्रमा छालले तानेर गहिराई तिर लैजादा लिम्बूको  ज्यान गएको हो । 

ललितसँगै एउटै कम्पनीमा कार्यरत अरु १३ जना पौडिन गएका थिए । समुद्री छालले लिम्बूसँगै अरु दुई जनालाई पनि लगेको भए पनि उनीहरु पौडिएर निस्कन सफल भएका थिए । 

ललितको शव अहिले अल्खोर अस्पतालमा राखिएको छ । कतारमा धनकुटा सेवा समाजको पूर्वअध्यक्ष एवं वर्तमान प्रमुख सल्लाहकार रहनुभएका लिम्बू अन्य विभिन्न सामाजिक संस्थामा पनि सक्रिय हुनुहुन्थ्याे ।

उहाँको निधनले नेपाली समुदायमा क्षति पुगेको भन्दै धनकुटा समाजका महासचिव रवीन मगरले शोक वक्तव्य जारी गरदै चाँडै नै शव नेपाल पठाउन दूतावाससँग समन्वय भइरहेको जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया