अस्ट्रेलिया र इंग्ल्याण्डबीचको दोस्रो टेस्ट आजदेखि

 साउन २९, २०७६ बुधबार ७:६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत एसेज शृंखलाको दोस्रो टेस्ट बुधबारदेखि सुरु हुँदैछ । अस्ट्रेलिया र इंग्ल्याण्डबीचको दोस्रो टेस्ट बुधबारदेखि इंग्ल्याण्डको लर्डसमा दिउँसो पौने ४ बजेदेखि सुरु हुनेछ । 

पहिलो टेस्टमा उत्कृष्ट पुनरागमन गर्दै एक दिवसीय विश्वकप जितेको इंग्ल्याण्डलाई अस्ट्रेलियाले २५१ रनले पराजित गरेको थियो ।

यो टेस्टमा इंग्ल्याण्डका जोफ्रा आर्चरले डेब्यू गर्ने सम्भावना रहेको छ । इंग्ल्याण्डका एन्डरसन घाइते भएपछि उनी प्लेयिङ सेटमा पर्ने सम्भावना रहेको हो । अस्ट्रेलियाका स्टार खेलाडी स्टीव स्मिथलाई चाँडै आउट गरेमा खेलमा फर्कन सजिलो हुने इंग्ल्याण्डको बुझाइ छ ।

बल टेम्पिरिङ अभियोगमा १ वर्षको प्रतिबन्ध पूरा गरेर यसै टेस्टमा स्मिथले कमब्याक गरेका थिए ।कमब्याक टेस्टमै दुवै इनिङ्समा शतक बनाएर सबैको ध्यान केन्द्रित गरेका छन् ।

इंग्ल्याण्डले पहिलो टेस्टमा पराजित भएपछि अहिलेसम्म दुई पटक मात्रै सिरिज जितेको छ । पहिलो पटक सन् १९८१ र २००५ मा इंग्ल्याण्डले पहिलो टेस्ट गुमाएर पनि सिरिज हात पारेको थियो । 

दोस्रो टेस्टमा इंग्ल्याण्डका खेलाडीहरु रातो क्याप लगाएर मैदानमा उत्रने छन् । फोक्सोको क्यान्सरबारे जनचेतना बढाउने उद्देश्यले खेलाडीहरुले यस्तो गर्न लागेका हुन् । इंग्ल्याण्डका पूर्व खेलाडी एन्ड्रू स्टार्सकी श्रीमती रुथ स्टार्सको फोक्सोको क्यान्सरबाट निधन भएको थियो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया