तौलिहवा उद्योग बाणिज्य संघमा चुनावी चहलपहल

 असार २७, २०७५ बुधबार ७:५०:३७ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – तौलिहवा उद्योग वाणिज्य संघको बुधबार हुने निर्वाचनमा चुनावी चहलपहल बढेको छ । 

संघको अध्यक्ष पदका लागि २ समूह प्रतिस्पर्धामा रहेको छ । निवर्तमान अध्यक्ष गयादीन कुर्मी र धिरजकुमार गुप्ताबीच अध्यक्ष पदका लागि चुनावी प्रतिस्पर्धा देखिएको छ । 

दुवै प्रतिस्पर्धीहरु आफूलाई अधिकांश उद्योगी व्यवसायीहरुको समर्थन रहेको दावी गरेका छन् । उम्मेदवार कुर्मीले. पहिलो कार्यकालमा आफूले उद्योगी व्यवसायीहरुको हितमा काम गरेको र केही अधुरा कामहरु रहेका कारण एक कार्यकाल पुनः उम्मेदवार बनेको बताउनुभयो । यसैगरी अर्का उम्मेदवार धिरजकुमार कसौधनले आफू अघिल्लो निर्वाचनमा पराजित भए पनि यस पटक भने उद्योगी व्यवसायीले आफुूलाई सघाउने प्रतिवद्धता पाएको बताउनु भएको छ ।

जम्मा १३ सदस्य र १ अध्यक्ष पदका लागि बुधबार चुनाव हुँदैछ । १३ सदस्य पदका लागि २९ जना उम्मेदवारहरु प्रतिस्पर्धामा रहेका छन् । तौलिहवा उद्योग वाणिज्य संघ अन्र्तगत १ हजार १ सय ६७ जना मतदाता रहेका छन् ।

उम्मेदवार कुर्मीलाई नेपाली कांग्रेसको तर्फबाट सहयोग प्राप्त भएको छ भने अर्का उम्मेदवार गुप्तालाई नेकपाको तर्फबाट सहयोग रहेको छ । 


 

अन्तिम अपडेट: चैत १४, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया