सेती नदी किनारकाे चट्टानमा ७ गाई फसे, उद्धार टोली जाँदै

 साउन २९, २०७६ बुधबार १३:५३:२८ | विमल बिष्ट
unn.prixa.net

डोटी – सुदूर पश्चिमको दिपायल पिपल्लाको सेती नदीको चट्टाने भीरमा सात ओटा गाई फसेका छन् । तर ती गाईहरु कसरी फसे र कहिलेदेखि फसेका हुन्, यस बारेमा थाहा भैसकेको छैन ।

सेती नदीको किनारमा रहेको चट्टानमा फसेका गाईको उद्धारका लागि प्रयास भैरहेको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनु भयो । ‘गाईहरु फसेको विषयमा मैले जानकारी पाएँ, उद्धारका लागि प्रहरी तथा सशस्त्र प्रहरीलाई भनेको छु, चाँडै उद्धार गरिने छ’, उहाँले भन्नुभयो । 

फसेका गाईमध्ये केही दूधालु तथा केही गाईहरु ब्याउने अवस्थाका रहेका गाई फसेको देख्ने प्रत्यक्षदर्शी तथा स्थानीयवासी तेजबहादुर डुम्रेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘केही गाई दूधालु छन्, केही गाई ब्याउने अवस्थाका छन्, मैले उद्धार गर्ने कोसिस गरेँ तर सकिन ।’ 

ती गाईहरु कसरी फसे यसबारेमा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मान्छे जान नसक्ने भीरमा गाई फसेका छन्, गाई कसरी त्यहाँ गए, कसैले धकेलेको हो कि, हामी अनुसन्धान गर्दैछौँ ।’ 

अन्तिम अपडेट: चैत ९, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया