खालि सिसी डट कमकी सीईओ आयुशी केसी एसिया ट्वेन्टी वान योङ लिडर्सको सूचीमा

 साउन २९, २०७६ बुधबार १४:३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – खालि सिसी डट कमकी सीईओ आयुशी केसी प्रतिष्ठित एसिया–२१ युवा नेतृत्व(एसिया ट्वेन्टी वान योङ लिडर्स) को सूचीमा पर्नु भएको छ ।

शिक्षा क्षेत्रमा काम गर्दै आएको एसिया सोसाइटीले यो वर्ष एसिया प्रशान्त क्षेत्रका ४० वर्षमा मुनिका ३९ जनाको सूची सार्वजनिक गरेको हो । यो वर्षको सूचीमा परेकाहरुमा व्यवसायी, समाजसेवी, अभियन्ता, कलाकार, शिक्षासेवी पत्रकार तथा वैज्ञानिकहरु रहेका छन् ।

आयुशी केसी फोहोर मैला व्यवस्थापन कम्पनी खालि सिसी डट कमकी संस्थापक हुनुहुन्छ । उहाँले सन् २०३० सम्ममा फाहोरको पुनः प्रयोग गर्ने देशहरुमा विश्वकै उत्कृष्ट २० देशमा नेपाललाई पुर्याउने लक्ष्य लिनु भएको छ ।

सूचीमा समावेश व्यक्तिहरु आउँदो नोभेम्बरमा अमेरिकामा हुने एसिया योङ लिडर्स समिटमा सहभागी हुनेछन् ।

आयुशी केसी गएको वर्ष फोर्ब्सको ‘थर्टी अन्डर थर्टी, एसिया’ मा समेत पर्नु भएको थियो ।

 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया