मेयर र उपमेयरबीचको विवादले नगरपालिकामा लागेको ताला खुल्यो

 साउन २९, २०७६ बुधबार १६:१:२१ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - मेयर र उपमेयरबीचको विवादले हंसपुर नगरपालिका कार्यालयमा लागेको ताला झण्डै एक महिनापछि खुलेको छ ।

कार्यालय सार्ने विषयलाई लिएर नगरप्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणु झाबीचको विवाद चुलिएको थियो । जसका कारण गएकाे साउन ३ गते उपमेयर झाले कार्यालयमा तालाबन्दी गर्नुभएको थियो ।

नगरपालिकाका अधिकृत हरिशंकर यादव, प्रशासनिक अधिकारी तथा सञ्चारकर्मीहरुको रोहवरमा बुधबार ताला खोलिएको उपप्रमुख झाले बताउनुभयो ।  उच्च अदालत जनकपुरले बघचौडामैे तत्कालका लागि कार्यालय संचालनमा ल्याउन अन्तरिम आदेश दिएपछि आफूले ताला खोलेको उपप्रमुख झाले बताउनुभयाे ।  

वडा नम्बर-२ को बघचौडामा रहेको नागरपालिकाको कार्यालय नगरप्रमुख मण्डलले गएकाे साउन ३ गते वडा नम्बर-३ को बेल्हीचोकमा सार्नुभएको थियो ।बघचौडामा रहेकाे कार्यालयमा रहेका कागजातहरु मेयरले अर्को कार्यालयमा लग्न खोज्दा साउन उपमेयर झाले तालाबन्दी गर्नुभएको थियो ।

नगरपालिकाको कार्यालय खोलिएपछि सम्पूर्ण कामकाज पहिलेको बघचौडाबाटै स‍ञ्चालनमा आएको छ ।

यसअघि प्रमुख मण्डलले बेल्हीचोकमा रहेकाे कार्यालय सञ्चालनमा ल्याएपछि कर्मचारीहरु पहिलेकै कार्यालयमा उपस्थित नभइ बेल्हीचोककाे नयाँ कार्यालयमा उपस्थित हुने गरेका थिए । 

अन्तिम अपडेट: चैत ११, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया