नेपाल-भारत सीमासम्बन्धी दस्तावेज कर्मचारीले लुकाएकाे नेकपा नेता नेपालकाे आराेप

 साउन २९, २०७६ बुधबार १७:७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले परराष्ट्र मन्त्रालयका कर्मचारीले भारत नेपालबीच सीमा सम्बन्धमा गरिएका पुराना दस्तावेजहरु लुकाएको आरोप लगाउनुभएको छ ।

संघीय संसद, प्रतिनिधिसभा अन्तरगतको अन्तराष्ट्रिय समितिको बुधबार बसेको बैठकमा पूर्व प्रधानमन्त्री नेपालले सरकारका कर्मचारीबाट नै पुराना दस्तावेजहरु लुकाउने काम भएको दावी गर्नुभएको हो । उहाँले कर्मचारीको नियत र देशप्रतिको उत्तरदायित्व माथि नै शंका व्यक्त गर्नुभयो । राष्ट्रसेवक कर्मचारीहरुले अन्य देशको हितमा हुनेगरी काम गर्नका लागि विभिन्न किसिमका सुविधा लिने गरेको सुन्नमा आएको भन्दै शंकास्पद कर्मचारीमाथि निगरानी बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

पूर्व प्रधानमन्त्री नेपालले कैलाली घटनाबारे सर्वत्र चर्चा भइरहँदा पनि सरकार र सम्बन्धित निकायले सम्बोधन नगर्दा जिम्मेवार व्यक्ति र संस्थाको देशभक्ति नै शंका उत्पन्न भएको टिप्पणी गर्नुभयो । सीमा विवाद, विगतमा भएका असमान सन्धि-सम्झौता, तटबन्ध, डुबानलगायतका समस्याको समाधान खोज्दा नेपालको हितमा कुठाराघात नहुनेगरी खोजिनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले तराई क्षेत्रमा बर्सेनि हुने डुबान समस्याको सम्बोधन गर्दा नेपाल भारतको बराबरभन्दा पनि भारतले ठूलो आर्थिक दायित्व वहन गर्नुपर्ने तर्क गर्नुभयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया