यूएईमा भएको दुर्घटनामा ६ नेपाली घाइते, इदको समय भएकाले निःशुल्क उपचार

 साउन २९, २०७६ बुधबार १६:५७:३ | उज्यालो सहकर्मी

काठमाण्डौ – यूएईमा भएको बस दुर्घटनामा ६ नेपालीसहित २१ जना घाइते भएका छन् । 

गएको बिहीबार बिहान मुहास्ना भन्ने ठाउँमा बस दुर्घटना हुँदा ६ नेपालीसहित आठ बंगलादेशी, ४ पाकिस्तानी र भारतीय, केन्याली र गाम्बियन नागरिक घाइते भएका हुन् । 

दुई फरक फरक कम्पनीमा काम गर्ने घाइतेहरुको परिचय भने खुलेको छैन ।

घाइतेमध्ये १९ जनालाई सामान्य चोटपटक मात्र लागेको, एकजनाको खुट्टा भाँचिएको र एकजनाको अवस्था भने गम्भीर रहेको अस्पतालका प्रवक्तालाई उद्धृत गर्दै गल्फ न्युजले उल्लेख गरेको छ ।

घाइतेमध्ये ११ जनाको उपचार खर्च उनीहरु कार्यरत कम्पनीले व्यहोरेको र बाँकी अर्को कम्पनीका १० जना कामदारको उपचार खर्च ईदको समय भएकाले अस्पतालले छुट दिएको छ ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया