मौद्रिक नीति आज सार्वजनिक हुँदै

 असार २७, २०७५ बुधबार ९:१०:५२ | रासस
unn.prixa.net

काठमाडौं – आर्थिक वर्ष २०७५-७६ का लागि विनियोजित बजेटका लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर बुधबार नयाँ मौद्रिक नीति सार्वजनिक हुँदैछ । 

नेपाल राष्ट्र बैंकले बुधबार अपराह्न आउँदो आर्थिक वर्षका लागि नयाँ मौद्रिक नीति सार्वजनिक गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिनुभयो । 

राष्ट्र बैंकले विनियोजित बजेट, वर्तमान वित्तीय अवस्था र चालू आवको मौद्रिक नीति कार्यान्वयनको सकारात्मक तथा नकारात्मक अवस्थाको विश्लेषणका आधारमा आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । 

आगामी आर्थिक वर्षकाे बजेटले ८ प्रतिशतको महत्वकांक्षी आर्थिक वृद्धिदर एवं ६.५ प्रतिशतको मुद्रास्फ्रिति दर कायम गर्ने लक्ष्य राखेको छ । यी लक्ष्यलाई मौद्रिक नीतिले सम्बोधन गर्ने  विश्वास लिइएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया