न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
बलिउड अभिनेत्री सोनाली बेन्द्र मेटास्टेटिक क्यान्सरबाट पीडित छिन् । उनी केही दिनदेखि उपचारका लागि न्यूयोर्कमा छिन् ।
सोनाली बेन्द्रेले आफूलाई क्यान्सर भएको कुरा इन्स्टाग्रामबाट सार्वजनिक गरेकी थिइन् । सोनालीले आफ्नो ट्विटरमा नयाँ भिडियो सार्वजनिक गरेकी छिन् । जुन भिडियोमा क्यान्सरको उपचारका लागि उनले कपाल कटाउँदै गरेकी छिन् । भिडियोसँगै उनले लेखिका इसाबेल अलेन्डेका केही पंक्ति पनि उद्धृत गरेकी छिन् ।
🤞🌞 #SwitchOnTheSunshine (2/2) pic.twitter.com/Lw6wum2xaf
— Sonali Bendre Behl (@iamsonalibendre) 10 July 2018
सोनाली बेन्द्रले लेखेकी छिन्, ‘मलाई मन पर्ने लेखिका इसाबेल अलेन्डेको शब्दमा भन्नुपर्दा, ‘हामीलाई तबसम्म आफू कतिसम्म साहसी छु भन्ने कुरा थाहा हुँदैन जबसम्म हामीभित्र लुकेर रहेको क्षमताको प्रयोग गर्न बाध्य हुँदैनौँ । त्रासदी, युद्ध वा आवश्यक पर्दा मानिस साहसी हुने गर्छन् । समस्यासँग सामना गर्न र पुनः खडा हुन सक्ने सामथ्र्य मानव जगतको अद्भूत क्षमता हो ।’ केही दिनदेखि मैले सबैबाट स्नेह पाइरहेकी छु । म उनीहरुप्रति अनुग्रहित छु जसले क्यान्सरसँग आफूले कसरी सामना गरे भन्ने सन्देश पठाए । तपाईँहरुको कहानीले ममा साहस थपिएको छ । सबैभन्दा ठूलो कुरा त यस घडीमा म एक्लै छैन । म अब हरेक दिन बाँचिरहेकी छु । सकारात्मक सोचका साथ अघि बढ्ने प्रयत्न गरिरहेकी छु...।’
🤞🌞 #SwitchOnTheSunshine (1/2) pic.twitter.com/zz7SwJXlhz
— Sonali Bendre Behl (@iamsonalibendre) 10 July 2018
सोनाली बेन्द्रे केही वर्षदेखि बलिउड तथा बी–टाउनबाट टाढा थिइन् । तर उनी सामाजिक सञ्जालमा भने सक्रिय रहँदै आएकी थिइन् । उनले लगभग बलिउडका सबै चर्चित कलाकारसँग काम गरेकी छिन् । सन् १९९४ मा रिलिज भएको ‘आग’ बाट सोनालीले बलिउडमा कदम राखेकी थिइन् । त्यसपछि उनले ‘सरफरोश’ ‘हम साथ साथ हैँ’ जस्ता चलचित्रमा दमदार अभिनय गरेकी छिन् ।
शाहरुख खानसँग ‘कल हो ना हो’ मा पनि अभिनय गरेकी सोनाली ‘इन्डियाज गट ट्यालेन्ट’ तथा ‘इन्डियन आइडल ४’ मा निर्णायकको भूमिका समेत निर्वाह गरेकी थिइन् ।
Sarina Ang
July 12, 2018, 7:33 a.m.Bad news