जङ्गलमा घुम्ती शिविर बनाएर जुवा खेल्ने ८ जना पक्राउ

 साउन ३०, २०७६ बिहिबार १७:३८:२४ | किरण लोहनी
unn.prixa.net

गोरखा – जंगलमा घुम्ती शिविर बनाएर तास खेलिरहेका ७ जनालाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरेको छ ।

पालुङटार नगरपालिका वडा नम्बर ५ को जङ्गलबाट आठ जना जुवाडे पक्राउ परेका हुन् । गण्डकी प्रदेश प्रहरीको अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएका टोलीले जङ्गलमा टेण्ट टाँगेर जुवा खेलिरहेको अवस्थामा  ८ जना जुवाडे पक्राउ परेका हुन् ।

उनीहरुको साथमा नगद बरामद गरेको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताउनुभयो । ‘जङ्गलमा घुम्ती शिविर बनाएर जुवा खेल्छन् भन्ने सूचना आएको थियो’, उहाँले भन्नुभयो, ‘उनीहरुको साथबाट ३ लाख ८७ हजार २ सय ५० रुपैयाँ पनि बरामद भएको छ ।’ उनीहरु सबै पेशेवर जुवाडे भएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये गोरखा, तनहुँ र लम्जुङका पेशेवर जुवाडे रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई बिहीबार जुवा ऐनअन्तर्गत मुद्धा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक नेपालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया