पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरण : रवि लामिछानेसहित ३ जना पक्राउ

 साउन ३०, २०७६ बिहिबार १९:५५:४९ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - सञ्चारकर्मी रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्याबारे छानबिन तथा अनुसन्धान गर्न प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो । 

लामिछानेसँगै पत्रकार युवराज कँडेललाई पनि पक्राउ गरिएको चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले उज्यालाेलाई जानकारी दिनुभयाे । उनीहरुलाई काठमाण्डाैकाे पानीपोखरीमा रहेको न्यूज २४ टेलिभिजनको कार्यालयबाटै चितवनबाट आएको प्रहरीको टोलीले पक्राउ गरेको हाे ।

यसअघि पुडासैनी आत्महत्याकै अनुसन्धानका लागि प्रहरीले अस्मिता कार्कीलाई पनि पक्राउ गरेको थियो । माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघिको भिडियो बाहिरिएपछि तीनै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पुडासैनी एक महिनाअघि मात्रै न्यूज २४ टीभी छाडेर माउण्टेन टेलिभिजन आएका थिए । 

पक्राउ परेकाहरुलाई आजै चितवन ल्याइने एसपी दानबहादुर मल्लले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: चैत ५, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया