नारायणगढ–मुग्लिन सडकखण्ड : गाईघाट नजिकै सडक भासियो

 असार २७, २०७५ बुधबार ११:५९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाट नजिकै सडक भासिएको छ । 

नारायणगढबाट  मुग्लिनतर्फ १७ किलोमिटरमा पर्ने ठाउँमा २० मिटर जति सडक भासिएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । 

आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सडक भासिएपछि अहिले भासिएको ठाउँमा आलोपालो गरी एकतर्फी गाडी चलाइएको छ । सडक के कारणले भासियो भन्ने बारेमा अध्ययन गर्न विज्ञ टोली आजै १७ किलोमा पुग्ने पनि उहाँले जानकारी दिनुभयो । 

यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका –४, डाक्लाङमा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ । यसैगरी म्याग्दीको अन्नपूर्ण गाँउपालिका –३, दाना तितरमा पहिरो झर्दा बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ । ढुंङ्गा माटोसहित बिहान झरेको पहिरो हटाउने प्रयास भैरहेको इलाका प्रहरी कार्यालय दानाले जनाएको छ ।  
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया