बामदेव गाैतम नेकपाकाे उपाध्यक्ष, कसले के जिम्मेवारी पाए (सूचीसहित)

 साउन ३१, २०७६ शुक्रबार १५:३८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपाध्यक्ष पद सिर्जना गर्दै बामदेव गौतमलाई त्यसको जिम्मेवारी दिने प्रस्ताव गरेको छ ।

पार्टी एकीकरण गर्दा दुई जना अध्यक्ष र महासचिव पद मात्रै रहेकोमा शुक्रबारको बैठकले पार्टीलाई अझ बढी सुदृढ बनाउन उपाध्यक्षको पद पनि सिर्जना गरेको हो ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले उपाध्यक्षमा बामदेव गौतमको नाम प्रस्ताव गर्नुभएको हो । अध्यक्षद्वयले प्रस्ताव गरेको विषय पार्टीको स्थायी कमिटी बैठकले अनुमोदन गरेपछि गौतम पार्टीको उपाध्यक्ष बन्नुहुने छ ।

बैठकमा अध्यक्षद्वयले राखेको प्रस्ताव कसैले पनि विरोध नगरेको र गौतमले पनि उपाध्यक्ष पद स्वीकारेको सचिवालय स्रोतले जनाएको छ । बैठकले गौतमलाई संगठन विभागको जिम्मेवारी पनि दिएको छ । गौतमले यसअघि नै संगठन विभाग आफूले पाउने दाबी गर्दै आउनुभएको थियो । 

यस्तै लामो समयदेखि मिल्न नसकेको स्कुल विभागको विवाद पनि समाधान भएको छ । स्कुल विभागको नेतृत्व ईश्वर पोखरेलले पाउनुभएको छ । लामो समय नेताहरुबीच चलेको रस्साकस्सीपछि अन्ततः पोखरेलले यो विभागको जिम्मेवारी पाउनुभएको हो ।

स्कुल विभागमा पार्टी प्रवक्ता समेत रहनुभएका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ 'प्रकाश'को पनि दाबी थियो ।  दुवै नेताले दाबी नछाड्दा पार्टी एकीकरणको काम लम्बिँदै गएपछि विभागको नेतृत्व टुंगो लगाउने जिम्मा अध्यक्षद्वयलाई दिइएको थियो । बिहान अध्यक्षद्वयबीच भएको छलफलमा विभागको जिम्मेवारी पोखरेललाई दिने सहमति भए पछि एकताका बाँकी काम अघि बढेको हो ।

स्कुल विभाग पोखरेल र प्रचार विभागको जिम्मेवारी नारायणकाजी श्रेष्ठ 'प्रकाश'लाई दिँदै विवाद मिलाइएको छ ।

नीति तथा प्रतिष्ठान विभाग प्रमुखको जिम्मेवारी वरिष्ठ झलनाथ खनालले पाउनुभएको छ ।

वरिष्ठ नेता माधव कुमार नेपालले भने विदेश विभाग प्रमुखको जिम्मेवारी पाउनुभएको छ भने राम कार्की विभागको उपप्रमुख हुनुहुन्छ । यस्तै अर्थ तथा योजना विभागको जिम्मेवारी भने सुरेन्द्र पाण्डेले पाउनुभएको छ ।

नेकपाको ३२ विभागमध्ये १९ विभागमा पूर्व एमाले र १३ वटा विभागमा पूर्व माओवादी केन्द्रका नेताहरुले जिम्मेवारी पाएका छन् ।

हेर्नुहाेस् कसलाई के जिम्मेवारी दिइयाे 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया