वैदेशिक रोजागरीमा जानेहरु सही सूचना नपाएर ठगिन्छन्

 असार २७, २०७५ बुधबार १२:४०:५०
unn.prixa.net

चन्दनकुमार यादव

सप्तरी – सप्तरीमा भएको कार्यक्रमका सहभागीले वैदेशिक रोजगारीमा जाने युवाहरुले सही सूचना नपाउँदा ठगिने गरेको बताएका छन् । 

सबल नेपालले शम्भुनाथ नगरपालिकाका जनप्रतिनिधिसँग गरेको कार्यक्रमका सहभागीले विदेश जानेहरुलाई एजेण्ट र म्यानपावरले गलत सूचना दिने गरेको र कामदार त्यसैको भरमा विदेश जाँदा ठगिने गरेको बताएका हुन् । 

शम्भुनाथ नगरपालिकाकी उपप्रमुख कबिता सरदारले वैदेशिक रोजगारमा आवश्यक सूचना र सीप नसिकी जाँदा ठगिइरहेको बताउनुभयो । सूचना र सीप नभएकाले विदेश पुगेको केही समयमै फर्किनु परिरहेको भन्दै उहाँले सूचनाको पहुँचमा जोड दिनुपर्ने बताउनुभयो । 

वडा नम्बर ७ का वडाध्यक्ष गोपाल चौधरीले वैदेशिक रोजगारमा हुने ठगि नियन्त्रण गर्न स्थानीय तहबाटै पहल थाल्न सहयोग गर्ने बताउनुभयो । सुरक्षित आप्रवासन परियोजना सामीका जिल्ला संयोजक देवनारायण चौधरीले वैदेशिक रोजगारीको पछिल्लो अवस्था बारे जानकारी गराउँदै विदेश जाँदा अपनाउनुपर्ने सावधानी नअपनाउँदा ठगि नरोकिएको बताउनुभयो । 

कार्यक्रममा सवल नेपालका कार्यक्रम संयोजक अशोक साहले विदेश जाने युवालाई स्थानीय  स्तरवाट सहि सूचना र सीप दिएर पठाउन सके ठगि कम हुने बताउनुभयो । 

शम्भुनाथ नगरपालिकाका प्रमुख योगेन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद गुरूङ, वडा नम्वर १ का वडाध्यक्ष इनरदेब साह , ८ का वडाध्यक्ष लक्ष्मीकान्त चौधरी, ११ का अध्यक्ष शम्भु चौधरी र पत्रकार ओमप्रकाश साह लगायतले धारणा राख्नुभएको थियो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया