विराटनगरका होटल तथा लजमा प्रहरीको छापा, ५६ जना महिला पुरुष प्रहरी नियन्त्रणमा

 साउन ३१, २०७६ शुक्रबार १९:५१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – विराटनगरका केही होटलहरुमा प्रहरीले छापा मारेको छ ।

शुक्रबार बिहान ११ बजे प्रहरीको टोलीले छापा मारेको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विभिन्न होटल, लज तथा गेस्ट हाउसहरूको आकस्मिक छापा मारेको हो ।

प्रहरी चेकजाँचको क्रममा शंकास्पद रूपमा बसेका २७ जना महिला र २९ जना पुरूष गरी ५६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजकुमार खिउजुले जानकारी दिनुभयो ।

प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरुमध्ये केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएलगत्तै छाडिएको जनाएको छ । केही व्यक्ति अनुसन्धानको दायरामा रहेकोले शनिबार छाडिने डीएसपी खिउजुले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया