एभीसी सेन्ट्रल जोन भलिबलको ड्र सार्वजनिक : नेपालले पहिलो खेल किर्गिजस्तानसँग खेल्ने

 साउन ३१, २०७६ शुक्रबार २२:७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - एभीसी सेन्ट्रल जोन मेन्स भलिबलको उद्घाटन खेलमा नेपाल र किर्गिजस्तान प्रतिस्पर्धा गर्ने भएका छन् ।

सोमबारदेखि काठमाण्डौमा हुन लागेको प्रतियोतिाको ड्र शुक्रबार राति सार्वजनिक भएको हो । नेपाल समूह ए मा रहेको छ । सोमबार दिउँसो ४ बजे नेपाल र किर्गिजस्तान भिड्नुअघि उद्घाटन समारोह चल्ने छ । त्यही दिन बिहान तुर्कमेनिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल रहेको समूहमा किर्गिजस्तान र माल्दिभ्स रहेका छन् । यो समूहमा तीन टिम रहेकाले यदि नेपालले एक खेलमा जित हात पारेमा मात्रै सेमिफाइनल पुग्ने सम्भावना बढी हुने छ । समूहमा तेस्रो हुने टिमले समग्रमा पाँचौं र छैँटौं स्थानका लागि खेल्ने छन् ।

अर्को समूहमा तुर्कमेनिस्तान, बंगलादेश, उज्वेकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले दोस्रो खेलमा बुधबार माल्दिभ्ससँग खेल्ने छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया