ला लिगाकाे पहिलाे खेलमै बार्सिलाेना पराजित, एथ्लेटिकाे बिल्बाओ १-० ले विजयी

 साउन ३२, २०७६ शनिबार ६:५०:४५ | एजेन्सी
unn.prixa.net

स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले २०१९-२० काे सिजनमा खराब सुरुवात गरेको छ ।

शनिबार बिहान भएको खेलमा बार्सिलोना एथ्लेटिको बिलबाओसँग १–० गोलको अन्तरले पराजित भयो । लियोनल मेस्सीबिनै मैदान उत्रिएको बार्सिलोनाले खेलको अन्तिम समयमा गोल खान पुगेको थियो ।

यसैगरी लुइस स्वारेज पनि पहिलो हाफमै रिप्लेस भएका थिए । ८८ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका अरित्ज अडुरिजले बिल्बाओका लागि गोल गरेका थिए । ८९ औं मिनेटमा उनले गरेको गोल नै ला लिगाको पहिलो खेलमा विलबाओलाई स्पष्ट तीन अंक दिलाउन पर्याप्त बन्यो ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया