सार्वजनिक धारामा पानी छोएको भन्दै कुटेको आरोपमा पक्राउ

 साउन ३२, २०७६ शनिबार ७:५४:२० | अमर सुनार
unn.prixa.net

फाइल फाेटाे

दैलेख – जातीय विभेद मुद्दाकी आरोपित दैलेखको नारायण नगरपालिका–१०, भवानीकी २५ वर्षीया राजकुमारी न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।

सुर्खेतमा आफन्तकोमा लुकीछिपी बसेको सुराकको आधारमा दैलेखबाट गएको प्रहरी टोलीले शनिबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

गएको वैशाख ११ गते न्यौपानेले लछिमा कामीलाई रावतडाँडामा रहेको सार्वजनिक धारामा पानी भरेको ड्रम छोइएको भनेर कुटपिट गरेको घटनामा वैशाख १२ गते जिल्ला प्रहरी कार्यालयमा जातीय विभेदको मुद्दा दर्ता भएको थियो ।

आरोपित फरार भएको अवस्थामा प्रहरीले घटनाका आरोपित साक्षी र पीडितहरुलाई ‘विभेद भएको होइन’ भनेर साउन १४ गते बयान बदल्न वडाध्यक्ष लोकबहादुर थापा र नेता लोमन शर्माले दबाब दिएको विषयले घटना चर्चाको विषय बनेको थियो ।

अन्तिम अपडेट: चैत १, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया