बार्सिलोनाका मिडफिल्डर फिलिप काैटिन्हो अनुबन्ध गर्न बायर्न म्यूनिख सहमत

 साउन ३२, २०७६ शनिबार ८:२५:२८ | एजेन्सी
unn.prixa.net

जर्मन क्लब बायर्न म्यूनिखले बार्सिलोनाका ब्राजिलियन मिडफिल्डर फिलिप काैटिन्हो अनुबन्ध गर्न सहमत भएको छ ।

जर्मन जायन्ट बायर्नले उनलाई एक सिजनका लागि लोनमा भित्राउन लागेको हो । यद्यपि एक वर्षको लोनपछि बायर्नले चाहेको खण्डमा काैटिन्हो स्थायी रुपमा अनुबन्ध हुन सक्नेछन् ।

अघिल्लो वर्षमात्र काैटिन्हो १४२ मिलियन पाउण्डमा लिभरपुलबाट बार्सिलोना आएका थिए । ७६ खेलमा २१ गोल गरे पनि काैटिन्होबाट क्लबले अझ बढी अपेक्षा गर्दै आएको थियो । फलस्वरुप उनी युरोपका ठूला क्लबहरुमा जाने कुरा चलेको थियो ।

यसक्रममा बार्सिलोनाले फ्रेन्च क्लब पीएसजीबाट नेयमारलाई ल्याउन पनि प्रयास गरेको थियो । नेयमारलाई फिर्ता गराउनका लागि बार्सिलोनाले ९२ मिलियन पाउण्ड र कउटिन्हो दिने गरी प्रस्ताव गरेको थियो । जुन प्रस्तावलाई पीएसजीले अस्वीकार गर्‍यो ।

उनलाई टोटनह्याम, आर्सनल र लिभरपुलमा अनुबन्ध गर्नका लागि पनि प्रयास भएका थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया