दाङ : फर्निचर उद्योगमा आगलागी, झण्डै ६५ लाखकाे क्षति

 साउन ३२, २०७६ शनिबार ९:२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - दाङकाे लमहीमा रहेकाे एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ ।

लमही नगरपालिका वडा नम्बर ५ मा रहेकाे विश्वास काष्ठ फर्निचर उद्योगमा आगलागी हुँदा झण्डै ६५ लाखकाे क्षति भएको उद्योग सञ्चालक रविलाल आचार्यले जानकारी दिनुभएको छ  ।

मध्यरातमा आगाे लाग्दा निभाउन कठिन भएकाे र क्षति बढी भएकाे सञ्चालक आचार्यले बताउनुभयो ।

विद्युत सर्ट हुँदा आगाे सल्किएकाे हुन सक्ने अनुमान गरिएको छ ।  लमही नगरपालिकाकाे दमकल, पानी ट्यांकर, स्थानीय बासिन्दा, प्रहरीकाे सक्रियतमा आगाे निभाइएकाे थियाे ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया