विष्णु माझीका बारेमा यसो भन्छन् ‘बहुला’ गायक रमेश

 असार २७, २०७५ बुधबार १३:१६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – केही दिनअघि सम्पन्न भएको दोस्रो ओएस नेपाल म्युजिक अवार्डमा गायक रमेशराज भट्टराईले वर्षको सर्वोत्कृष्ट गीत विधामा अवार्ड उचाले । उनलाई उनको चर्चित गीत ‘बहुला’ बाट यो अवार्ड र्दिएको हो । 

रमेश १५ वर्ष देखि गायनमा सक्रिय छन् । उनले आफूलाई लोकगीत र आधुनिक गीतमा अब्बल रहेको साबित गरिसकेका छन् । लोकगीतबाट गायनयात्रा सुरु गरेका उनले पछिल्लो समयमा भने व्यावसायिक रुपमा आधुनिक गीतलाई नै अघि बढाइरहेका छन् । 

गएको वर्ष सार्वजनिकभएको ‘बेहुला बनाउँछु भन्थी बहुला बनाएर गई’ बोलको गीतले उनलाई बहुला गायकको रुपमा चिनाएको छ । अरु गीतको तुलनामा उनको यो गीत चर्चित छ । 

आधुनिकसँगै लोक संगीतमा सक्रिय रमेश लोक कलाकारहरुसँग नजिक छन् । ओएस नेपालको अवार्ड समारोहमा उनीसँग कुराकानी गर्ने क्रममा उनले गायिका विष्णु माझी आफूलाई अत्यन्तै मन पर्ने गायिका भएको बताए । 

यही सन्दर्भमा हामीले पनि मौका छोप्यौँ र उनलाई विष्णु माझीका बारेमा प्रश्न गर्यौँ । खासमा विष्णु माझीलाई परिवारले मिडियामा आउन नदिएका कुराहरु आइरहेका हुन्छन् । उनलाईउ नकै श्रीमान् सुन्दरमणि अधिकारीले बन्धक बनाएर राखेका कुराहरु आइरहेका हुन्छन् । 

यसै कारण विष्णुलाई नजिकबाट देखेका रमेशलाई हामीले गायिका विष्णु माझी मिडियामा नआउनुको कारण सोध्यौँ । 

रमेशले यस बारेमा बोल्दै भने, ‘उहाँ यदि बाँधिन चाहनुहुन्थेन  भने नेपालमा कानुन छ । यदि उहाँले चाहनु हुन्थ्यो भने उहाँ मिडियामा आउन सक्नुहुन्थ्यो । देश विदेशका कार्यक्रमहरुमा पनि जान सक्नुहुन्थ्यो । उहाँलाई परिवारले बाँधेर राखेको कुराहरुमा म सहमत छैन ।

किनभने अहिले ४ वटा छोरा छोरी भैसकेपछि पनि डिभोर्स भैरहेका छन् कत्तिका । त्यस कारण उहाँ मिडियामा नआएर राम्रो नराम्रो के हुन्छ यो उहाँको नितान्तव् यक्तिगत कुरा हो ।’

-उज्यालाे र गफगाफ डटकमकाे सहकार्य

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया