पाकिस्तानी क्रिकेट टिमका पूर्व प्रशिक्षकले भने, 'पाकिस्तानमा न स्वतन्त्रता छ, न सुरक्षा'

 साउन ३२, २०७६ शनिबार १४:३५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तानी क्रिकेट टिमका पूर्व ब्याटिङ प्रशिक्षक ग्रान्ट फ्लावरले आतंकग्रस्त पाकिस्तानमा आफ्नो लागि स्वतन्त्रताको कमी र सुरक्षाको डर सबैभन्दा निराशाजनक कुरा रहेको बताएका छन् । 

सन् २०१४ मा पाकिस्तानको ब्याटिङ प्रशिक्षकको जिम्मेवारी पाएका जिम्बाब्वेका पूर्व ब्याट्सम्यान फ्लावरको करारलाई पाकिस्तानले अघि नबढाउने फैसला गरेको छ । 

पाकिस्तानमा रहँदा सबैभन्दा निराशाजनक कुरा के थियो भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘सुरक्षाको विषय र स्वतन्त्रताको कमी ।’

पाँच वर्षसम्म पाकिस्तानको क्रिकेट टिमसँग जोडिएका फ्लावरले च्याम्पियन्स ट्रफीको फाइनलमा भारतविरुद्धको खेलमा जित दर्ता गर्नु नै आफ्नो कार्यकालको सबैभन्दा ठूलो उपलब्धि भएको बताएका छन् । 

पाकिस्तान टिमसँग छुट्टिएपछि तपाईँलाई कुनै कुरा कमी भएको महसुस हुँदैन भन्ने प्रश्नमा उनले भने, ‘केही पूर्व खेलाडीहरुले पीठपछाडि कुरा काट्ने प्रवृत्ति र टेलिभिजन च्यानलमा पत्रकारहरुसँग हुने पाकिस्तान क्रिकेट बोर्डको राजनीति पनि हुन्छ । अब यी चीजको मलाई महसुस हुने छैन ।’     

अन्तिम अपडेट: भदौ ८, २०७६

तपाईको प्रतिक्रिया