इण्डोनेसियाको ७४औंँ स्वतन्त्रता दिवस मनाइयाे

 साउन ३२, २०७६ शनिबार २०:३८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गणतन्त्र इण्डोनेसियाको ७४औंँ स्वतन्त्रता दिवसको अवसरमा शनिबार नेपालका लागि इण्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्र प्रसाद ढकालले इण्डोनेसियाको झण्डोत्तलन गर्नुभयाे।

वाणिज्यदुतको कार्यालय, आइएमई कम्प्लेक्स परिसरमा भएकाे कार्यक्रममा नेपालमा बसोबास गरिरहेका इण्डोनेसियाली नागरिकहरु, वाणिज्यदूत कार्यालयका कर्मचारी तथा आइएमईमा कार्यरत कर्मचारीहरुको उल्लेख्य उपस्थिति थियो ।

वाणिज्यदूत ढकालले इण्डोेनेसियाको शान्ति र समृद्धिको कामना गर्दै २००८ देखि नै विभिन्न उद्देश्यले नेपालमा बसोबास गरिरहेका इण्डोनेसियाली नागरिकसँग बसेर इण्डोनेसियाको स्वतन्त्रता दिवस मनाउन पाउँदा खुशी लागेको बताउनुभयो ।

नेपाल र गणतन्त्र इण्डोनेसियाबीच सन् १९६० मा औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालका लागि इण्डोनेसियाको गैह्र आवासीय राजदूतको कार्यालय बंगलादेशको ढाकामा रहेकाे छ ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया