क्रिकेट विश्वकप लिग टू : स्कटल्याण्डद्वारा पपुवा न्यूगिनी पराजित

 भदौ १, २०७६ आइतबार ६:५९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

क्रिकेट विश्वकप लिग टू अन्तर्गत शनिबार भएको खेलमा स्कटल्याण्डले पपुवा न्यूगिनीलाई पराजित गरेको छ । स्कटल्याण्डको एभरडिनमा भएको खेलमा घरेलु टिमले पीएनजीलाई तीन विकेटले हरायो ।

टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले ५० ओभरमा नौ विकेट गुमाउँदै २०५ रनको योगफल तयार पारेको थियो । उसका लागि टोनी उराले सर्वाधिक ४६ रन बनाए । त्यस्तै किप्लिन डोरिगाले ३९, असद भालाले ३६ र चाल्र्स अमिनीले ३२ रन बनाउँदा अन्यको प्रदर्शन खराब रह्यो ।

बलिङतर्फ हम्जा ताहिरले चार विकेट लिए भने माइकल लिस्कले तीन विकेट हात पारे ।

२०६ रनको लक्ष्य स्कटल्याण्डले सात बल बाँकी रहँदा सात विकेट गुमाएर पूरा गर्‍यो । स्कटल्याण्डका लागि कायल कोट्जरले ९६ रनको उत्कृष्ट इनिङ खेले । अन्यको प्रदर्शन कमजोर रह्यो । कलुम म्याक लियोडले ३६ रन जोडे ।

बलिङतर्फ नोसाइना पोकना र असद भालाले ३–३ विकेट लिए ।

यो प्रतियोगितामा स्कटल्याण्ड र पीएनजीसँगै ओमान पनि छ । ओमानले दुई जितका साथ शीर्ष स्थानमा छ । स्कटल्याण्डको पहिलो जित हो ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया