देशभरको मौसम सामान्यतया बदली रहने, पहाडी भूभागमा राति ठूलो वर्षाको सम्भावना

 भदौ १, २०७६ आइतबार ८:५३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आइतबार देशभरको मौसम सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मनसुनी न्यूनचापीय रेखा (मनसुनी वर्षा गराउने प्रणाली) औसतको स्थान (औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण–उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगालदेखि बंगालको खाडीसम्म बुझ्नु पर्ने हुन्छ ।) मा भए पनि भारतको राजस्थान र हरियाणामा न्यूनचापीय प्रणाली बनेकाले केही ठाउँमा भने पानी पर्ने सम्भावना भएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

अर्यालका अनुसार आइतबार मध्य र पूर्वका केही ठाउँमा दिउँसो र देशको सबैजसो पहाडी भेगमा राति ठूलो पानी पर्ने सम्भावना छ । अबको केही दिनको मौसम यस्तै किसिमको रहने पनि मौसमविद् अर्यालले बताउनुभयो । 

मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना भएकोले मेघगर्जन र चट्याङबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । पहाडी भू–भागमा राति भारी वर्षाको सम्भावना भएकाले सडक यातायातमा अवरोध आउन सक्ने भएकोले यात्रा गर्दा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया