सत्य निरुपण र बेपत्ता आयोगले यसै हप्ता पूर्णता पाउँछ : प्रधानमन्त्री ओली

 भदौ १, २०७६ आइतबार १२:७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्व व्यवस्थापन गरे पनि द्वन्द्वका घाउ चहराइरहेको भन्दै यसलाई समाधान गर्न सरकार लागि परेको बताउनुभएको छ । 

उहाँले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता तथा छानविन आयोगले यसै हप्ताभत्रि पूर्णता पाउने पनि बताउनुभयो ।  

प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘द्वन्द्व व्यवस्थापन गरेको यति लामो समय भइसक्दा पनि द्वन्द्वका घाउ चहराउने काम भइरहनु वान्छनीय हुँदैन । त्यसैले यसै हप्ता आयोग गठन भइसक्ने र त्यसले बाँकी रहेका काम पनि समाधान हुनेमा ढुक्क हुन सकिन्छ ।’

दुवै आयोगका प्रमुख आयुक्त र आयुक्तहरु सिफारिस गर्न सिफारिस समिति निर्माण भइसकेको र त्यो समितिले यसै हप्ताभित्र आयुक्तहरुको सिफारिस गरेपछि सरकारले विलम्ब नगरी आयोग गठनलाई पूर्णता दिने उहाँले बताउनुभयो । 

सरकारले प्रतिबद्धता गरे अनुरुप नै द्वन्द्वका बेला भएका घटनाको समुचित ढंगले सम्बोधन गर्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया