अफगानिस्तान : विवाह समारोहमा भएको बम विस्फोटमा कम्तीमा ६३ जनाको मृत्यु, १८० भन्दा बढी घाइते

 भदौ १, २०७६ आइतबार १३:४७:५१ | एजेन्सी
unn.prixa.net

अफगानिस्तानको राजधानी काबुलमा एउटा विवाह समारोहमा भएको आत्मघाती बम विस्फोटमा कम्तीमा ६३ जनाको ज्यान गएको छ भने १८० भन्दा बढी घाइते भएका छन् । 

विवाह समारोहको हलमा आत्मघाती हमला गर्ने व्यक्ति पनि बमसँगै उडेको प्रत्यक्षदर्शीले सञ्चारमाध्यम बीबीसीलाई बताएका छन् । 

स्थानीय समय अनुसार रातिको १०ः४० बजे काबुलको पश्चिमी क्षेत्रमा आत्मघाती बम विस्फोट भएको छ, जुन क्षेत्रमा शिया मुस्लिमहरुको जनसंख्या धेरै छ । 

बम विस्फोटमा आफ्नो हात रहेको आतंकवादी संगठन तालिबानले बताएको छ । अन्य कुनै समूहले बम विस्फोटका बारेमा केही पनि बताएको छैन । 

सुन्नी मुस्लिम आतंकवादी, तालिवान र इस्लामिक स्टेट समूहले अफगानिस्तान र पाकिस्तानमा अल्पसंख्यक शिया हजारालाई बारम्बार निशाना बनाउँदै आइरहेका छन् । 

अफगानिस्तानमा पछिल्ला केही समयमा ठूला ठूला आक्रमण हुँदै आइरहेका छन् । यसअघि प्रहरी चौकीमा भएको बम विस्फोटमा १४ जनाको ज्यान गएको थियो भने १५० बढी घाइते भएका थिए । त्यो बम विस्फोटको जिम्मा तालिबानले लिएको थियाे । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया