सेती नदीमा बगेर बालिका बेपत्ता

 भदौ १, २०७६ आइतबार १३:४१:१० | विमल बिष्ट
unn.prixa.net

डाेटी – सेती नदीमा आइतबार बिहान नुहाउने क्रममा बगेर एक बालिका बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार दिपायल सिलगढी नगरपालिका–४ राजपुर बस्ने दीलबहादुर नेपालीको– ८ वर्षीया छोरी करिस्मा बेपत्ता भएकी हुन् ।

आल्के पर्व मनाउन दिपायलस्थित मामाघर आएकी ती बालिका नुहाउने क्रममा सेती नदीको बासुधारा भन्ने ठाउँबाट बगेकी थिइन् । 

उनको नेपाल प्रहरी, दिपायलस्थित जोगी बाडेमा रहेको सशस्त्र प्रहरीको ३६ नं गण तथा स्थानीयवासीले खोजी गरिरहेको उहाँले  बताउनुभयो । पानीको बहाब बढी भएको र नदी पनि धमिलो भएका कारण खोजीकार्यमा समस्या भएको दिपायलस्थित प्रहरी कार्यालयका प्रमुख कमलापति पन्तले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया