साउनमा छुनै गाह्रो सुन

 भदौ १, २०७६ आइतबार १४:७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउन महिनामा सुनको भाउले नयाँ रेकर्ड राख्यो । लगातारजसो भाउ बढेपछि सुन किन्नेभन्दा बेच्ने धेरै भए । यो महिनामा माग पनि घटेको व्यापारीहरु बताउँछन् ।

साउन महिनामा मात्रै सुनको भाउ तोलामा ७ हजार रुपैयाँले बढेको छ । महिनाको पहिलो दिन तोलाको ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउमा उतारचढाव आउँदै १७ गते नयाँ रेकर्ड कायम भयो । १७ गते तोलाको ६५ हजार ८ सय रुपैयाँ मा किनबेच भयो । 

त्यसपछि लगातार जस्तै सुनको भाउ बढेको छ । १९ गते फेरि भाउ बढेर ६६ हजार ३ सय रुपैयाँ, २० गते ६७ हजार ८ सय रुपैयाँ र २१ गते ६८ हजार रुपैयाँ पुग्यो । 
२२ गते एकै दिन तोलामा १५ सय रुपैयाँ बढेर सुनको भाउ ६९ हजार ५ सय रुपैयाँ कायम भयो । २३ गते ७० हजार रुपैयाँ पुगेको सुनको भाउ २४, २५, २६ र २७ गतेसम्म त्यही भाउमा कारोबार भयो । 

२८ गते फेरि सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भयो । २९ गते  घटेर ७० हजार ३ सय रुपैयाँ भए पनि ३० गते फेरि सुनको भाउले नयाँ रेकर्ड राख्यो । ३० गते तोलाको ७१ हजार ५ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड राखेको सुनको भाउ महिनाको अन्तिम दिनसम्म यही भाउमा स्थिर भयो ।

भदौको सुरुमा भाउ ५ सय रुपैयाँ घटेर तोलामा ७१ हजार रुपैयाँ कायम भएको छ । 

कश्मीर विवाद, चीन – अमेरिकाबीच भएको कर विवाद लगायतका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दा नेपालमा पनि प्रभाव परेको व्यवसायीले बताएका छन् । 

लगातार भाउ बढेपछि सुनको कारोबार भने घटेको छ । अहिले किन्ने भन्दा पनि सुन र गहना बेच्ने धेरै भएका व्यवसायीले बताएका छन् । पोहोर यो बेलामा दैनिक ५० किलोभन्दा धेरै माग हुने गरेको सुन अहिले दैनिक ५ किलो पनि माग हुन छाडेको उनीहरुको भनाइ छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया