मदन पुरस्कार योगेश राजको रणहारलाई, जगदम्बाश्री वैरागी काँइलालाई दिइने

 भदौ १, २०७६ आइतबार १७:२२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – योगेश राजको उपन्यास रणहारले २०७५ सालको मदन पुरस्कार प्राप्त गरेको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले योगेश राजको ऐतिहासिक उपन्यास रणहारलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । 

भक्तपुरका अन्तिम राजा रणजित मल्ल र उनले भोेगेको पराजयलाई मुख्य विषयबस्तु बनाएर लेखिएको उपन्यास रणहार अन्तिम सूचीको सर्वोत्कृष्ट सात पुस्तकमध्ये मदन पुरस्कार पाउन सफल भएको हो । 

त्यस्तै नेपाली साहित्यमा तेस्रो आयाम साहित्यिक अभियानका प्रारम्भकर्तामध्येका कवि वैरागी काइँला ९तीलविक्रम नेम्बाङ० लाई जगदम्बा श्री पुरस्कार दिने निर्णय पनि मदन पुरस्कार गुठीले गरेको छ । काइँलाले लिम्बू भाषा तथा मुन्धुम संस्कार र संस्कृतिको अध्ययन अनुसन्धान तथा अभिलेखीकरण गरी नेपाली वाङ्मयको समृद्धिमा उल्लेखनीय योगदान पुर्याएको भन्दै मदन पुरस्कार गुठीले जगदम्बा श्री पुरस्कार प्रदान गरेको उल्लेख गरेको छ ।

यस वर्ष मदन पुरस्कार मदन पुरस्कार गुठीलाई प्राप्त २५७ पुुस्तकमध्ये एकादेशमा, ओक्कल दोेक्कल पीपल पात, ज्ञ, फातसुङ, मरिचिका, रणहार र विचारको लास मदन पुरस्कार २०७५ को छनोटमा परेका थिए । 

यस वर्षदेखि मदन पुरस्कार तथा जगदम्बा श्री पुरस्कारको राशी चार–चार लाख रुपैयाँ हुनेछ ।  यसअघि दुवै पुरस्कारको राशि दुई–दुई लाख रहेको थियो । पुरस्कार आउँदो असोज १२ गते प्रदान गरिनेछ । 

२०१२ सालमा स्थापित मदन पुरस्कार पहिलो पटक २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालको ‘जनरल भीमसेन थापा’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत उत्पादक’ पुस्तकलाई दिइएको थियो । जगदम्बा श्री पुरस्कार भने २०४५ मा जगदम्बा रानीको निधनपछि उहाँको सम्झनास्वरुप स्थापना गरिएको थियो ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया