स्कुल फि नतिरेको भन्दै १६ विद्यार्थी पाँचघण्टा थुनामा

 असार २७, २०७५ बुधबार १४:५५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

स्कुलको फि नतिरेका कारण भारतको दिल्लीमा १६ जना विद्यार्थीलाई इण्डियन देल्ली स्कुलले पाँचघण्टा थुनिदिएको छ ।

किन्डरगार्डेनमा पढ्ने ४ देखि ६ वर्षका १६ जना विद्यार्थीलाई अभिभावकले फि नबुझाएको भन्दै विद्यालयले पाँचघण्टा थुनामा राखेको बीबीसीले जनाएको छ । अभिभावकले विद्यालय सञ्चालकविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । विद्यालयका अधिकारीहरुले भने विद्यार्थीलाई खेल्नका लागि राखिएको बताएका छन् ।

तर अभिभावकहरले आफ्ना छोराछोरीहरुलाई लिन विद्यालय पुग्दा कक्षाकोठामा नपाएको र उनीहरुलाई विद्यालयको अण्डरग्राउण्ड कोठामा थुनेर राखेको पाइएको प्रहरीलाई बताएका छन् ।

अभिभावकहरुले विद्यालयको अण्डरग्राउण्ड कोठामा आफ्ना छोराछोरीहरु भोक र तिर्खाले तड्पिरहेको आफूहरुले भेट्टाएको उजुरी प्रहरीमा गरेका छन् । केही अभिभावकहरुले अाफूहरुले पहिले नै स्कुल फि तिरेकाे बताएका छन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया