नेकपाको तेस्रो वरीयतामा झलनाथ खनाल, जनवर्गीय संगठनका इञ्चार्ज र सह-इञ्चार्जको टुंगो लाग्याे

 भदौ १, २०७६ आइतबार २०:५९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै -  नेपाल कम्युनिष्ट पार्टीको शीर्ष नेताहरुको वरीयता टुंगो लागेको छ । नेकपा सचिवालयको आइतबार साँझ बसेको बैठकले दुई अध्यक्षपछिको दोश्रो वरीयतामा वरिष्ठ नेता झलनाथ खनाल रहनुहुने निर्णय गरेको छ । बैठकले वरिष्ठ नेता माधव नेपाललाई खनालपछिको तेश्रो वरीयतामा राख्ने निर्णय गरेको छ । पछिल्लो समय नेकपाको वरीयतामा झलनाथ खनालले आफूलाई तल पारिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आउनु भएको थियो ।

याे निर्णयपछि नेता नेपालकाे तेस्राे वरीयता खाेसिएकाे छ । नेता नेपालले वरीयताक्रम मिलाउनका लागि पूर्वएमालेका तीन पदाधिकारीलाई सचिवालय सदस्य बनाउनु प्रस्ताव पनि राख्नुभयाे। वरीयता खाेसिएपछि यस विषयमा  पार्टीको विधानमा अनावश्यक रुपमा चलखेल गरेकाे भन्दै नेता नेपालले असन्तुष्टि व्यक्त गर्नुभयाे।

सचिवालयको बैठकपछि पत्रकारसँग कुरा गर्दैै नेकपा प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले नेताहरुको वरीयतासँगै साँगठनिक एकताका बाँकी विशेष क्षेत्र र जवार्गीय संगठनका इन्चार्ज तोक्ने निर्णय गरेको जानकारी दिनुभयो ।

बैठकले उपत्यका विशेष कमिटीको इन्चार्जमा लिलामणि पोखरेल, युवा तथा विद्यार्थी विशेष कमिटीको इन्चार्जमा माधव ढुंगेल, मजदुर विशेष जिल्ला कमिटीको इन्चार्जमा विना श्रेष्ठ, पेशागत महासंघको इन्चार्जमा केशव नेपाल, उद्योगी व्यवसायी विशेष कमिटीको इन्चाजर्मा पार्वत गुरुङ, केन्द्रीय सम्पर्क समन्वय कमिटीको इन्चार्जमा छविलाल विश्वकर्मालाई तोकिएको प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिनु भयो ।

बैठकले इन्चार्जसँगै विशेष कमिटी, जनवर्गीय संगठन र प्रदेश सम्पर्क कमिटीका सहइन्चार्ज तथा अध्यक्ष र सचिवहरू पनि तोकेको छ । ६ वटा जनवर्गीय संगठनमा भने माधव कुमार नेपालले ‘नोट अफ डिसेन्ट’ लेख्नुभएकाे छ ।

 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया