रेनेससँग पीएसजी पराजित

 भदौ २, २०७६ सोमबार ७:४३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फ्रेन्च लिग वनमा साविक विजेता पेरिस सेन्ट जर्मेनले पहिलो हार ब्यहोरेको छ । आइतबार राति भएको खेलमा पीएसजी रेनेससँग दुई एकले पराजित भयो । 

रेनेसले घरेलु मैदानमा पीएसजीको एक गोलको अग्रतालाई उल्ट्याएको हो । खेलको सुरुवाती आधा घण्टा गोलरहित बराबरीमा सकिएको थियो ।

तर ३६ औं मिनेटमा इडिन्सन काभानीको गोलमा पीएसजीले घरेलु टिम विरुद्ध अग्रता बनाएको थियो । तर पहिलो हाफको अन्तिममा रेनेसले गोल गर्दै खेल बराबरीमा पुर्‍यायो । 

उसका लागि एम्बे नियाङले गोल गर्न सफल भए । पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको ४८ औं मिनेटमा डेल कास्टिलोले गोल गर्दै रेनेसले खेलमा अग्रता बनायो । जुन अग्रता अन्तिमसम्म कायम राख्दै तीन अंक बटुल्यो ।

जारी लिगमा रेनेसको लगातार दोस्रो जित हो । उसले दुई खेलमा ६ अंक बनाएको छ । यता स्टार खेलाडी नेयमारलाई आइतबारको खेलमा पनि बेन्चमा राखेको पीएसजीले दुई खेलमा नै पहिलो हार ब्यहोर्‍यो ।
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया